म कसरि अझै तिम्रै बनु

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

म कसरि अझै तिम्रै बनु

 जब मलाई मेरो

सिउदो को सिन्दुर मा

 अवैध सम्बन्धको

बास आउछ

मन बेस्सरी दुख्छ

पिडा हुन थाल्छ

तन लाइ  छुने ति आफ्नै लाग्ने

हातहरु पराइ लाग्छ

काडा जसरि  बिज्छ कतै

अनि आशु बनि आखा बाट

झरन थाल्छ झरी सरि

पिडा त्यो खै कसरि पो

बयान गरु शब्दमा

गह भरि आशु भरिन्छ

दिमाग सुन्य हुन्छ

आउछ  अतितमा गरिएको

निस्वार्थ माया विश्वास

अनि कसम हरु

कुनै सिनेमाको दृश्य सरि

तिमि नै भन म

कसरि अझै तिम्रो बनु ?


 गला को पोतेमा

जब अरु कसैको भाग  लाग्छ

त्यो गहनाा भन्दा पनि पासो

झैँ लाग्न थाल्छ

अग्नि साक्षी राखी

देव देवता भाकी

सात फेरो संगै

सात जन्म साथ्

दिने  बचन मात्र

झुठो उखान लाग्न थाल्छ

तिम्रो  नाम मा श्रृगारिनु

लुटिएको भान हुन्छ

आफु संग बाकी

ठगिएको आत्मसम्मान हुन्छ 

भन अझै  कसरि म तिम्रै बनु ?


मैले  गरेका  हर ब्रत अनि पुजा 

पाठ  तिमि कसै संग मजाक मा उडाउछौ 

मैले पबित्र  मानेको तिम्रो  तन 

तिमि कसैलाई उपहार सरि बुझाउछौ 

अनि मलाई  आत्मग्लानी को भान हुन्छ

मैले दुनिया संग लडेर लगाएको माया 

ले  धोका अनि  षडयन्त्र को उडान  लिन्छ 

मन  कुडिन्छ  अनि  भाउन्न भएर आउछ 

अनि  एउटै प्रश्न  तिम्लाई सोध्न मनलाग्छ 

भन कसरि अझै म तिम्रो बनु ?

भन किन  अझै मा तिम्रो बनु ?



Leave a Comment: