Popular Categories
 
                                                                    
                                कठिन जिन्दगीको यात्रा जारि छ अझ पनि 
आँसु खस्यो कति मन भारी छ अझ पनि 
कति खसें कति उठें कति हुन्छ अझै यस्तो 
उठ्नु खस्नु जिन्दगी बेस्मारी छ अझ पनि 
लक्ष्य पुरा भै सन्तुष्टि पाको छैन भन्नुपर्छ 
नाघें जंघार कति पारी छ अझ पनि
सोचेजस्तो जिन्दगी हुन्न कहिले तरपनि 
खुल्ला भइ उड्न चाहें घारी छ अझ पनि 
फक्रिदा गुम्सिएर मरे कति सपनाहरु 
फुल्नै नपाएको सपना बारी छ अझ पनि 


 
                                         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
Leave a Comment: