गजल

तिम्रो सिन्दूर सिउँदोभरि सजाएर के भो आखिर,

तिम्रै नामको पाउजू, चुरा बजाएर के भो आखिर?

                 १

दिलमै बस भन्दा भन्दै तिमी दूर जान्छौ भने,

मैले मात्रै चोखो प्यार लगाएर के भो आखिर?

           २

अग्नि साक्षि राखी जोड्या,चोखो नाता तोड्छौ भने,

मैले मात्रै प्रितिका फूल रचाएर के भो आखिर?

            ३

अपार मायाँ दिँदा दिँदै तिमी पराई बन्छौ भने,

तिम्रै तस्वीर यो दिलभरि टसाँएर के भो आखिर?

           ४

तिमी सज्ने यो शिरलाईनै लत्याएर जान्छौ भने,

सदा तिम्रो मान,इज्जत बचाएर के भो आखिर?

             ५

तिम्रो सिन्दूर सिउँदोभरि सजाएर के भो आखिर,

तिम्रै नामको पाउजू, चुरा बजाएर के भो आखिर?



Leave a Comment: