ठगी खाने हैन, गरी खाने सोच हो

आज मन केही उदास-उदास छ
केही संका छ मनमा, केही त्रास छ

चौतर्फी बाँध देखिन्छन बाधाहरु
खोज्दै छु कहाँनेर निकास छ !

ठगी खाने हैन, गरी खाने सोच हो
ब्रिद्धी हुनुपर्ने खुशीमा ह्रास छ !

थाहा छ जीवनको लक्ष्य आनन्द हो
खोज्दै छु कहाँ आनन्द निवास छ !

आँफैसँग छैन म, खोज्दैछु निरन्तर
यस्तो लाग्छ आफ्नै मन प्रबास छ !



Leave a Comment: