
म सँग तिमी मस्किएको, हल्ला चलेछ ।
बेहोश जवानी पस्किएको, हल्ला चलेछ ।
चोरी गर्छन लुकि-लुकी इज्जतदारहरु
लुकेरै इज्जत खस्किएको, हल्ला चलेछ ।
न तिम्ले देखायौ ब्यथा, न म देखाउछु,
कसरी मुटु चस्किएको, हल्ला चलेछ ।
पहिले तिमी शान्त थियौ, भन्छन भन्ने हरु,
आजकाल किन झस्किएको, हल्ला चलेछ
Leave a Comment: