बालापन

केही मिठा सपना राता-रात फेरिए 
भोली गर्छु भनी छोड्या बात फेरिए 

फर्किउँ जस्तो लाग्छ त्यही बालापनमा 
छुटे कती एक्लै पारी साथ फेरिए 

सँगै हुँदा सबै गर्न सक्छौ भनेँ तर 
सकिन भो आज कति औकात फेरिए 

रूदाँ पनि हँसाउने साथी सम्झे आज 
गर्ने गल्ती , उपद्रव र मात फेरिए 

केही कुरा सम्झिदा हिजो जस्तै लाग्छ 
हाँगा उही तर सबै पात फेरिए 



Leave a Comment: