Popular Categories
 
                                                                    
                                सोच्दासोच्दै लाग्छ कैले झुर छ जीवन 
सोच्दैन खोइ मेरो बारे क्रुर छ जीवन
घुमाइराछ सधैं कैले यता कैले उता 
घुमिराख्ने बेअर्थको टुर छ जीवन 
जे पनि गर्छु भन्ने मन लागेको आज 
रहर हैन अली बढी मजबूर छ जीवन
जे गर्दा नि सुख छैन भाग्य होला यस्तै 
दोश मात्रै पाउने बेकशुर छ जीवन
धुजाधुजा सपना जोड्ने आट गर्छु सधैं 
जोडीन्नन खोइ लाग्छ चक्नाचुर छ जीवन
पिडा र जीवन त मासु अनि नङ जस्तो 
र पो सम्बन्ध बलियो प्रेमापुर छ जीवन


 
                                         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
Leave a Comment: