बिश्व ,
सुन्दर , सेता, कपास सरी नरम
बादलमा खेल्न छाडेर
काला अनि घातक कणका
धुवाँमा रमाउन थालिसकेछ
जीवन परिवर्तनका नाममा
वातावरण खस्किरहदा पनि
कुनै चेत नपसेका हामी कथित बिद्वान प्राणी
के , साच्चि नै यो पृथ्वीमा
बस्न लायक छौ ??
सहजीकरण कै लागि
प्रत्येक क्षण हामी
Ethylene oxide र Benzene नामका
बिषाक्त फैलाउने
प्लास्टिक धरी जन्माइरहेछौ
अनि हावा सरी उडाईरहेछौ
शिखरका पथमा
समुन्द्र, खोला नाला
जङ्गल
भिर पाखा
अनि
सन्सार भर ।।
सस्तो, बलियो र
भरपर्दो छ भन्दै
वातावरण नै ध्वस्त पार्ने
आफ्नै स्वासप्रस्वासलाई असर गर्ने
सजिलै मृत्यु वरण गराउने
सामान प्रयोग गरिरहदा
के भोलिको बिश्व
स्वच्छ, बिशाक्त रहित
हुन्छ भन्ने हामी
कल्पना गर्न सक्छौ ??
जुन गतिमा मानव जीवन
पोलि ( पोलिथिन) फोहोर उत्पादन गरिरहेछ
र यदी यसलाई प्रतिस्थापन
गर्ने सोच राख्दैन भने
पक्कै पनि भोलिको आधा बिश्व
प्लास्टिक बिश्व नहोला भन्न सकिन्न ।।
मानव जीवन मात्र नभई
सम्पुर्ण प्राणी जगत
यसको सिकार बनिरहदा
प्रत्येक दिन टनमा आउने फोहोर
बेढङले जलमा ,थलमा बिस्थापित भैरहदा
के जलचर ,के थलचर ,बिवश छन्
त्यसैमा रुमलिन
र आफ्नो अस्तित्व गुमाउदै छन् पनि
के , तिनीहरु रित्तिदै जादा
पारिस्थितिक पद्धतिमा खलल पुग्दैन र ,??
निर्दोष ती पशुपन्छीको
के दोष ?
लाग्छ अपराधी एउटा
र सजाय अरु कोहि भोगिरहेछ ।।
पोलिथिन झोला र
प्लास्टिक जन्य सामान
उत्पादनमा जति घातक छ
त्यति नै जलाउदा निस्कने
Nitrogen oxide र Sulphur dioxide ले
बायुमण्डलमा पार्ने प्रभाव
जसको सिधा जवाफ
अम्ल बर्षा
अनि जैविक बिबिधतामा नै प्रश्न चिन्ह ।।
यसरी प्रत्येक दिन
वातावरणमा असर परिरहदा
हामी मात्र नभई
हाम्रा सन्तती र
बिश्व जगत जोगाउन
केही त पहल पक्कै
गर्न सक्छौ , हैन र ?
यो क्षण भरमै रोकिने
जादुमयी कुरा
कदापी हैन
त्यसैले नै सानो प्रयास
" सके पुन प्रयोग
नसके बहिस्कार "
मन्त्र
नारामा मात्र सिमित नभई
ब्यवहारमा लागू गरि
आजै सुरुवात
आफैबाट गर्नु नै
प्लास्टिक मुक्त
बिश्व बनाउने
पहिलो पाइला हो ।।
#निर्मा कंडेल "श्री"
You will also like
दर्द
- 1
- 1168
काश ~ बता पाता
- 1
- 1030
"लग्ता हे "
- 1
- 968
My Happiest Hour
- 6
- 966
"मलाई पोल्छ"
- 1
- 891
"मानव बेचविखान र रोकथाम"
- 2
- 862
Leave a Comment: