Popular Categories
तिम्रो आँखा को वर्णन गर्दा
तिमि लजाउथ्यौ
तर तिम्रा आखा हरु बोल्थे
बोल्थे तिमीले वर्णन गर्दा
मलाई आनन्द लाग्छ
अजै केहि भनन त्यसैले
म गर्थे अनन्त वर्णन
जुन आज कथा भयो
तिम्रो कोमल हात हरु
मलाई छुन डराउथे अनि काप्थे
तर भन्थे तिमीले छोउ न
अनि नथाहा पाउने गरि छुन्थे
तिमि मैले देखुला कि गरि मस्कुराउथ्यौ
जुन आज कथा भयो
तिम्रा अल्झिएका केशहरु
हावाको मद्दत लि मलाई चुम्न
आउथे मलाई तिमीले नै चुमे झैँ लाग्थ्यो
अनि म पनि तिमीले नदेख्ने गरि
मन मनै लजाइदिन्थे
जुन आज कथा भयो
थाहा छैन
कसम मलाई थाहा छैन
कुन दिन देखि तिमि मेरी भएनौ
अनि
शायद तिमीलाई कथा भयो
तर
मेरो लागि जिन्दगीभरको लागि
निको नहुने व्यथा भयो
जिन्दगी निको नहुने व्यथा भयो
You will also like
दर्द
- 1
- 1364
काश ~ बता पाता
- 1
- 1226
My Happiest Hour
- 6
- 1198
"लग्ता हे "
- 1
- 1189
"मलाई पोल्छ"
- 1
- 1083
A Final Plead!
- 0
- 1053



Leave a Comment: