Popular Categories
सपनाहरु टुट्छन यहाँ
नाता हजार छुट्छन् यहाँ
जिन्दगीकै टुंगो हुन्न
सिसा झैँ कोइ फुट्छन् यहाँ
मुखले बोल्ने मिठो भाषा
सजाइन्छन् नि नौला आशा
सपनाहरु खोसिदिन्छन
भाग्य पनि लुट्छन् यहाँ
अभाव बोकिन्छन यहाँ
दबाव रोकिन्छन यहाँ
बच्ने आशा टुटेपछी
प्याला नि धोकिन्छन यहाँ
मन शुन्य खिन्नतामा
पागलपन पो जुट्छन् यहाँ
एउटा दुखी रुन्छ यहाँ
एउटा खुशी हुन्छ यहाँ
एउटाको घाऊ दुखिरख्दा
अर्को त्यही छुन्छ यहाँ
पश्चतापमा पिरोलिदै
थुक पनि घुट्छन् यहाँ
You will also like
दर्द
- 1
- 1364
काश ~ बता पाता
- 1
- 1226
My Happiest Hour
- 6
- 1198
"लग्ता हे "
- 1
- 1189
"मलाई पोल्छ"
- 1
- 1083
A Final Plead!
- 0
- 1053



Leave a Comment: