सपनाहरु टुट्छन यहाँ
नाता हजार छुट्छन् यहाँ
जिन्दगीकै टुंगो हुन्न
सिसा झैँ कोइ फुट्छन् यहाँ
मुखले बोल्ने मिठो भाषा
सजाइन्छन् नि नौला आशा
सपनाहरु खोसिदिन्छन
भाग्य पनि लुट्छन् यहाँ
अभाव बोकिन्छन यहाँ
दबाव रोकिन्छन यहाँ
बच्ने आशा टुटेपछी
प्याला नि धोकिन्छन यहाँ
मन शुन्य खिन्नतामा
पागलपन पो जुट्छन् यहाँ
एउटा दुखी रुन्छ यहाँ
एउटा खुशी हुन्छ यहाँ
एउटाको घाऊ दुखिरख्दा
अर्को त्यही छुन्छ यहाँ
पश्चतापमा पिरोलिदै
थुक पनि घुट्छन् यहाँ
You will also like
My Happiest Hour
- 6
- 1845
दर्द
- 1
- 1741
"लग्ता हे "
- 1
- 1673
काश ~ बता पाता
- 1
- 1657
A Final Plead!
- 0
- 1563
"मलाई पोल्छ"
- 1
- 1533


Leave a Comment: