आफ्नै जिन्दगी

मलाई आफ्नै जिन्दगीको हो अपसोच थियो 
उस्लाई मेरो रमिता हेर्नमा मोज थियो 

भगवान अनी भाग्यले साथ छोडेको बेला 
ब्यस्त थिए म चारैतिर खोजाखोज थियो 

सकिदैथ्यो बर्तमान सकिन्थ्यो भबिस्य नि 
अस्ती अनी हिजो चिन्ता मलाई रोज थियो 

जिन्दगीको बाटो लामो छ है राम्ररी जाउ 
खोइ कस्कोमा जोडीएछ मेरो भागमा खोज थियो 

सपना थियो अचम्मको जान्न भन्दा पनि 
बा-आमा दिदीबैनी सबको घोचाघोच थियो 

आसु पारी आँखामा गन्तब्यहिन बाटो छानी
हो त्यो बेला सोच्दासोच्दै जिन्दगी बोझ थियो 



Leave a Comment: