झ्याल बाट हेरी रहेकीहुन्थी
म गल्लीमा हिडिरहेको हुन्थे
लाग्थ्यो मलाई नै हेरिरहेकी छे
ती ठुला अनि नशालु आँखाले
मै संग कुरा गरिरहेकी छे
लाग्थ्यो त्यहि बसेर आँखा
आँखा झुधाउन भनि रहेकी छे
झ्याल बाट हेरिरहेकी हुन्थी
म गल्लीमा हिडिरहेको हुन्थे
उनि मुस्कुराउथिन
लाग्थ्यो मलाई देखेर मुस्कुराइन
अनि प्रेमको अबेक्त भाव संगै
त्यहि बाट सुस्केरा हालिन
उफ्फ़ उनको त्यो केशराशी
लाग्थ्यो झैँ निश्चल झरना
देखेर रुपको त्यो कान्ति
परौ झैँ लाग्थ्यो उनको शरण
बिर्सिन्थे सारा कर्म
जब देख्थे उनलाई
मोहित यी मेरा नयनहरु
झैँ देखि अनमोल हिरा र सूनलाई
एकदिन अचानक ति
आखाहरू हराए
किन हो मनका ति
भाव हरु अचानक
घाऊ बनि चहराए
त्यो झ्याल एक्लो भयो
म एक्लो भए
नितान्त एक्लो भए
साथमा अपुरो र अव्यक्त
प्रेम रह्यो
You will also like
My Happiest Hour
- 6
- 1773
दर्द
- 1
- 1723
"लग्ता हे "
- 1
- 1650
काश ~ बता पाता
- 1
- 1635
A Final Plead!
- 0
- 1530
"मलाई पोल्छ"
- 1
- 1517


Leave a Comment: