Popular Categories
 
                                                                    
                                झ्याल बाट हेरी रहेकीहुन्थी
म गल्लीमा हिडिरहेको हुन्थे
लाग्थ्यो मलाई नै हेरिरहेकी छे
ती ठुला अनि नशालु आँखाले
मै संग कुरा गरिरहेकी छे
लाग्थ्यो त्यहि बसेर आँखा
आँखा झुधाउन भनि रहेकी छे
झ्याल बाट हेरिरहेकी हुन्थी
म गल्लीमा हिडिरहेको हुन्थे
उनि मुस्कुराउथिन
लाग्थ्यो मलाई देखेर मुस्कुराइन
अनि प्रेमको अबेक्त भाव संगै
त्यहि बाट सुस्केरा हालिन
उफ्फ़ उनको त्यो केशराशी
लाग्थ्यो झैँ निश्चल झरना
देखेर रुपको त्यो कान्ति
परौ झैँ लाग्थ्यो उनको शरण
बिर्सिन्थे सारा कर्म
जब देख्थे उनलाई
मोहित यी मेरा नयनहरु
झैँ देखि अनमोल हिरा र सूनलाई
एकदिन अचानक ति
आखाहरू हराए
किन हो मनका ति
भाव हरु अचानक
घाऊ बनि चहराए
त्यो झ्याल एक्लो भयो
म एक्लो भए
नितान्त एक्लो भए
साथमा अपुरो र अव्यक्त
प्रेम रह्यो
You will also like
 
                                                दर्द
- 1
- 1364
 
                                                काश ~ बता पाता
- 1
- 1226
 
                                                My Happiest Hour
- 6
- 1198
 
                                                "लग्ता हे "
- 1
- 1189
 
                                                "मलाई पोल्छ"
- 1
- 1083
 
                                                A Final Plead!
- 0
- 1053

 
                                                                            
 
                                        
Leave a Comment: