Popular Categories
भन्नत भनिन्छ मेरो देशलाई,
थरि-थरि फूलका एउटै साझा फूलबारी,
आज मेरो देश चर्को खडेरिमा जलिरहेको छ,
तर खै कहाँ छ शितल दिने छहारी??
नेपालीको शान अनि विश्वको शिर सगरमाथा,
किन झूक्न खोज्दैछ यहाँ?
प्रथम प्रश्न मेरो देश चलाउनेलाई,
मेरो देशले कस्तो पाटो रोज्दैछ यहाँ??
|१|
किताब च्यापी विध्यालय जाने उमेरका कैयौँ बालबालिका,
नदी किनारमा गिट्टी कुट्न बाध्य छन्,
स्नातक,स्नातकोत्तर सकेका कैयौँ नेपाली यूवा-यूवति,
मरूभूमिको चर्को खडेरिमा रगत र पसीना बेच्न बाध्य छन्,
कुन मुखले भनौँ,कुन दिमागले सोचौँ,
मेरो देशमा लोकतन्त्र अनि गणतन्त्र आएको छ?
दोस्रो प्रश्न मेरो देश चलाउनेलाई,
झूपडिमा रहनेलाई लोकतन्त्रले के उपहार ल्याएको छ??
|२|
तारे होटलमा गरिए अरे सन्धि र सम्झौता,
बनाइए अरे विकासका बक्यौताहरू,
बुनिए अरे परिवर्तनका सपना,
चुनिए अरे देश हाँक्ने व्यक्तित्वहरू,
मर्छन् जनता वर्षेनि हजारौँ ति दुर्गम भेगका,
बिमारमा औषधि मूलोको अभावमा,
तेस्रो प्रश्न मेरो देश चलाउनेलाई,
के सम्बोधन गर्यौ त ति जनताको नाममा??
|३|
कैयौँ नेपाली चेलिहरू दिनदहाडै बेचिन्छन्
मुम्बईको कोठिमा,र लूटिन्छन् अस्मिताहरू,
त्यस्तै छ अर्को पिडा धर्तिमा फूल्न नपाउँदै,
आफ्नै संरक्षकद्वारा चुँडिन्छन् बालिकाहरू,
जालझेल,लूटपाट, हत्या,हिंशा,
फस्टाउँदै छ दिनानुदिन्,
चौँथो प्रश्न मेरो देश चलाउनेलाई,
खै कहाँ छ मेरो देशमा शंरक्षण अनि अधिकारको कानून????
|४|
ठूलो त्याग, समर्पण अनि धेरैको वलिदान पछि,
हाम्रा पूर्खाहरूले सिंचिएको मेरो देशलाई,
किन गिद्धे नजर लगाई,अंगभंग पार्छौ यसलाई?
संस्कार बेच्यौ,संस्कृति बेच्यौ,
इमान अनि इज्जत बेच्यौ,
पाँचौँ प्रश्न मेरो देश चलाउनेलाई,
परिवर्तनको नाममा कि त सिङ्गो पहिचान बेच्यौ??
बताई देऊ न मलाई देश चलाउनेहरू हो,
कि त सिङ्गो पहिचान बेच्यौ?????
|५|
“भन्नत भनिन्छ मेरो देशलाई,
थरि-थरि फूलका एउटै साझा फूलबारी,
आज मेरो देश चर्को खडेरिमा जलिरहेको छ,
तर खै कहाँ छ शितल दिने छहारी”??
You will also like
दर्द
- 1
- 1364
काश ~ बता पाता
- 1
- 1226
My Happiest Hour
- 6
- 1198
"लग्ता हे "
- 1
- 1189
"मलाई पोल्छ"
- 1
- 1083
A Final Plead!
- 0
- 1053



Leave a Comment: