दशामा देश प्रेम

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

तिमिसङ्ग सारै नै बोल्न मन् थियो,
भर्सक् 'आइ लव् यु' नै भन्ने मन् थियो 
तर तिमि 
काङ्रेस् थियौ कि कम्यूनिस्ट् ? 
नयाँ थियौ कि पुरानो ?
यो थियौ कि त्यो ?
थाहै भएन 
कसरी बोल्नू ?

एका-एक् 
प्रतिपक्षि ठान्यौ भने ? 
दुश्मन् नै ठाँयौ भने ? 
एउटै अक्ष्यरले दशा निम्त्याउन सक्छ ! 
म 'राम्रो' भनौँला 
तिमिले अगाडी 'न' थपेर सुन्यौ भने ?
म तिमिलाइ भाड्काउन चाहन्नथेँ 
तेसैले त केहि बोलिन

सोचेँ- भोलि बोल्छु 
किन कि तिमिलाइ माया गर्छु 
तर भोलि ? 
आज के हौ त्यो त थाहा भएन,
भोलि कता जान्छौ त्यो झन् के थाहा ? 
तिमिसङ्ग केहि भए पो त -
अडीने आधार् !
हो, तिमि रित्तो छौ 
चुहिने छौ 
न केहि छ 
न केहि अड्छ् 
आधारहीन् !

सिद्धन्त, स्वाभिमान्, पहिचान् 
केहि छ तिम्रो ? 
तेसकारण् पनि 
तिम्रो माया लाग्छ

नरिसाउने भए 
तिमिसङ्ग बोल्न मन् छ 
असाध्यै !! 
प्रेमी, 
हे देश प्रेमी !!



Leave a Comment:


P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier
U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design