जिन्दगीको लडाईंमा फेरि मेरो हार भयो?
वेदनाको झन्कार गाउने सारंगीको तार भयो/
गीत र प्रीतको दोभानमा छालैछालको संगम छ/
मुटु मस्तिष्कको घाउ मेट्ने खोई – काँहा मलम छ?
मेरा आँखाबाट साउनका भेल रगत पिल्सी बगिरह्दा
आशा , उत्साह र हौसलाहरु चित्ता र बर्मानल परिरहदा
म स्तम्भ चौकको बिचमा शालिक झैँ स्थिर छु
बटुवा, दर्शक अनि गन्तव्यहिन यात्रीको चढाउने आधार छु/
भन्छन्,
केटी र प्रेमिहरु त चलाउने हतियार हुन्
चलाउन सके शक्ति र चलाउन नजाने क्षति
होला, बुझन ति जाली र फटाहाका मतियार हुन्
हे! ति जलाउन सक्ने रक्सी र खरानी बनाउने अग्नि
नयन भित्र चयन खोज्ने प्रेम होइन लोभ भएछ
आत्मीय प्रेमको स्वांग रची हिड्नेलाई हवसको रोग रहेछ/
बल्ल पो थाहा भो मुटु भित्र घर बसिसकेपछि
गाह्रो रहेछ उत्रन समुन्द्रको दरारमा फसिसके पछि
खोई किन भयो? प्रेममा तिर्ने नसकिने ऋणै ऋण
दुस्टहरुको वाणको निशानाले भयो मुटु छिणै छिण
काँहा गई खोज्ने होला यसको कसरी समाधान?
मक्का-मदिना धाउकि पैग़ंबरसंग हज र रमजान
You will also like
My Happiest Hour
- 6
- 1776
दर्द
- 1
- 1723
"लग्ता हे "
- 1
- 1652
काश ~ बता पाता
- 1
- 1636
A Final Plead!
- 0
- 1532
"मलाई पोल्छ"
- 1
- 1517


Leave a Comment: