कथा मेरो अली भिन्न

हो मेरो मुटुमा एउटा सानो खत छ
छिनमै हास्ने छिनमै रुने अचम्मको लत छ

न त सिता न त जन्मे पाण्डवहरु जस्तै
कहाँ छन खै आमाबुवा केही त् गलत छ

प्रत्येक बर्ष कुर्नु छैन म जन्मेको दिन भनी
महिना हप्ता म जन्मिन्छु केवल गतेबिहिन बनी
कुरा सुन्दा पागलजस्तै हुनसक्छ
सम्हाले त्यो मन रुन सक्छ
पागलपनको भित्र पनि एउटा सानो खत छ

आफ्नै तालमा हिड न कोही पछी छुट्छ होला
देख्छन होला कती कतिको त मन नि रोला
जिन्दाबाद धर्ती डस्ना आकाश बाक्लो छत छ

दिनभरी भौतारिदै जुना छ रातमा साथी
फुटपातममा आज पो पुग्छु भोली माथि
छोइन्न कि जुन भन्ने यहिमा दुई मत छ

भोको पेटलाइ खानदेउ न चाहिन्छ देश
के था भोली मरेर नि छोड्छु कि अवसेश
जे बोल्दा नि गाली पाइने यही त फगत छ



Leave a Comment: