
जीवनको रहस्य खुलायौ तिमीले,
त्यही रहस्यमा भुलायौ तिमीले
बिस्राम चाहन्थेँ म तिम्रै काखमा
बसौँ भन्दा-भन्दै डुलायौ तिमीले
कहानी सबै उस्तै मिठा थिएनन्
हाँसौ भन्दा-भन्दै रुलायौ तिमीले
विश्वाशमा चल्छ संसार भनी रहेँ
हुन्छ भन्दा-भन्दै झुलायौ तिमीले
कतिखेर घाम आयो क्षितजमाथि
उठौँ भन्दा-भन्दै सुलायौ तिमीले
Leave a Comment: