अस्मिता मेटिएकी चेलीको नसोध जात के
आँसुमा डुबेको जिन्दगीको दिन के रात के
समुदाय, भूगोल र जात आरक्षित हुँदाहुँदै
लाखौं चेली लुटिदा मानवताको वात के
पहिचान के हो मेरो राज्यलाई सोध्नु छ
भविष्य के हो मेरो बाटो कस्तो रोज्नु छ
मेरो शरीर मेरो अधिकार भोग्न त पाइन्
तर पनि धर्तीमा टेकेर आकाशमुनि न्याय खोज्नु छ
बुझ्दैन राज्यले, समाजले हाम्रो चोट के
बेच्ने आफन्त, समाज र देश, हाम्रो खोट के
गरिबी भएपनि देश परिवार त थियो नि
सबै लुटिसकेको म, आवाज दविन्छ ओठ के
कोठी बजारमा मेरो शरीरको दामको लिलाम थियो
सिनो सरि लुच्छने गिद्धहरुलाई सहने फलाम थियो
सत्य त सत्य हो ढाटन सक्दिन, मेट्न सक्दिन
पहिचानको लागि राक्षसहरुले कान्छी चमेली नाम दियो
म रोग लिएर फर्केको छु रोगी मानसिकता होइन
म भोक लिएर फर्केको छु जोगी मानसिकता होइन
मलाई बेच्ने यहि समाजको हेर्दै लाज घिनलाई
म शोक लिएर फर्केको छु ढोंगी मानसिकता होइन
मलाइ लाग्दैन कसैको सान्त्वनाले यो दुखीको मन भरिन्छ
खप्नै सक्दिन छातीको वेदनाले यो अभागीको तन खरिन्छ
विवशताले शैक्षिक योग्यता विहिन भए पनि म नेपाल
राज्यका हरेक अंगमा हामीलाई कहिले समेटिन्छ ?
अरुको सिको गर्नुपर्दैन सुरुवात राम्रो कामको कृति संसार फैलिन्छ
मागी खाने संरक्षण भन्दा गरि खाने आरक्षण दिए मुलुक फेरिन्छ
आदर्शमुलक समाजमा स्वाभिमान नै उच्च पहिचान हुन्छ
समृद्धि, स्वास्थ्य, शिक्षा र न्यायको पथमा तव आत्मबल मिल्छ
You will also like
दर्द
- 1
- 1168
काश ~ बता पाता
- 1
- 1030
"लग्ता हे "
- 1
- 968
My Happiest Hour
- 6
- 966
"मलाई पोल्छ"
- 1
- 891
"मानव बेचविखान र रोकथाम"
- 2
- 862
Leave a Comment: