ऊ फूल हो एकदिन झरेर जान्छ

ऊ  फूल  हो एकदिन  झरेर जान्छ

झर्नु  अगाडी  सुवास  छरेर जान्छ

 

निचोरेर     उमंग     बहार   पोखेर

धराको  पर्दामा  रंग  हजार  पोतेर

खन्याईदिन्छ मुटु कहिले पत्थरमा

मनमोहक   जादु   भरेर  अत्तरमा 

ऊ फूल हो एकदिन.......

 

जीवन   जस्तो   जीवन   बाँच्छ  ऊ

मृत्युसँग   मित   लगाई   नाँच्छ   ऊ 

छुपाई  दर्द  मुस्कानको  आवरणमा

मिल्दछ अस्तित्वको अन्तष्करणमा

ऊ फूल हो एकदिन.....

 

 



Leave a Comment: