कहाँ कुन बेला के पर्छ
कत्ती भर छैन यो जिबनको।
जुरेमा पहिरो खस्न सक्छ
चुरेमा बाडी पस्न सक्छ।
दौड्दा दौड्दै ब्रेक फेल भएर
त्रिसुलीमा गाडी झर्न सक्छ।
वा
अचानक कुनै अङ्गको
गम्भीर अप्रेसन पर्न सक्छ।
भन त त्यो बेला उपचारका लागि
कहाँ पाउन सक्छौ रगत?
हो त्यसैले यो ज्यान सद्दे भएको बेला
आउ रक्तदान गरौं।
रक्तदान त जिबन दान हो
हरेक तीन तीन महिनामा
एउटा स्वस्थ शरीर भित्र
नयां रक्त कोसिकाहरु जन्मन्छन।
र पुरानाहरु बाहिरिन्छन
हो,
त्यही मरेर जाने
रगतलाइ निकालेर जम्मा गर्न सके
कसैको ज्यान जोगिन सक्छ।
त्यसैले आउ रक्तदान गरौं।
रक्तदान त जीवन दान हो
भन्लान कसैले
रगर झिकेपछी कमजोर भइन्छ।
सायद यस्तै ठान्छौं हामी
परन्तु यो एउटा प्रकृया हो।
नझिके पनि यो
अवस्य बाहिरिन्छ कुनै माध्यमबाट।
बरु त्यो बेला हामी बिरामी पो पर्न सक्छौ।
त्यसैले खेर जाने त्यही रगत
कसैको जीवन बन्छ भने ।
आउ रक्तदान गरौं
रक्तदान त जीवन दान हो।
सत्र बर्स देखि साठी बर्ससम्म
पैंतालीस किलो तौल माथी
यौन रोग, हेपाटाइटिस, मुटुरोग
अनि दम रोग र छारेरोग नभएका
गर्भवती र महिनावारी भैरहेका महिला बाहेक
जो सुकैले रक्तदान गर्न सक्छ्न।
हेर यो दुनियांमा
हजारौं यस्ता मानीस छन
जसले जीवन भरिमा
सयौं पटक रक्तदान गरिसकेका छन।
हो, यदि तिमी महिला हो भने
हरेक मासिक धर्ममा
तिम्रो रगत खर्च हुने भएकाले
तिमी बर्समा दुई पटक रक्तदान गर
म चार पटक गर्न सक्छु।
रक्तदान त जीवन दान हो
आउ रक्तदान गरौं।
कहाँ कुन बेला के पर्छ
कत्ती भर छैन यो जिबनको।
जुरेमा पहिरो खस्न सक्छ
चुरेमा बाडी पस्न सक्छ।
दौड्दा दौड्दै ब्रेक फेल भएर
त्रिसुलीमा गाडी झर्न सक्छ।
वा
अचानक कुनै अङ्गको
गम्भीर अप्रेसन पर्न सक्छ।
भन त त्यो बेला उपकरणका लागि
कहाँ पाउन सक्छु रगत?
हो, त्यसैले यो ज्यान सद्दे भएको बेला
आउ रक्तदान गरौं
रक्तदान त जीवन दान हो।
You will also like
वनजंगलको संरक्षण
- 2
- 2036
बाल श्रम
- 1
- 1513
सदाबहार गुञ्जायमान गुल्जार
- 1
- 1403
She and I
- 2
- 1403
ओशिन संग एक दिन
- 0
- 1390



Leave a Comment: