प्रिय नितु

प्रिय नितु,

छरपस्ट मन आज बहकिएर भावनाको चंगा उडिरहेको छ । दंग छु तिम्रो सृस्ति अनौठो, फरक देख्छु । मुटुको सिंहासनमा आसिन छौ । शरीरको हर जग्गा नशामा तिम्रो सम्झना कुदिरहेको छ । स्मृतिले तिम्रो मुहार मेरो सामु हँसिरहन्छ । चेहेरामा रंग थप्ने ठाउँ छैन । पूर्ण छौ । सन्तुस्ट छु । केवल खाली छ त तिम्रो सिउदो ।

अझ खाली मुटु, खाली पेज । सोचछु लेख्ने कसले? देख्ने हजार होलान । तिम्रो सामु शरण पर्लान । तिम्रो निम्ति मर्छु भन्लान । आकाशका तारा झार्छु भन्लान । दोष न तिनीहरुको न तिम्रो? कलाले भरिएको आकर्षणमा लोभिनु स्वाभाविक हो आज त्यहि लाइनमा उभिनु मेरो पनि लभ हो या लोभ हो । कहिले काही टोलाउछु, धेरै चोटी सपनीमा बोलाउछु ।

उत्तर तिम्रो मुस्कान टुप्लुक्क स्मृतिमा दर्पण भएर आउछ । सपनीमा निन्द्रा सजाउछ । विपनीमा सम्झना लजाउछ । मनमा घन्टी बजाउछ । कहिले रुवाऊछ त कहिले हसाउछ । हो म पागल भए, घायल भए । अव म आफैलाई समट्ने आँट छैन । तिम्रो समिपमा मेरो भावना पोख्ने वात छैन । मनको कुरो अक्षरले बोल्न सक्छु । वचन मुखले खोल्न सक्दिन । चाहना रोक्न सक्दिन । विस्फोट होला मुटुमा भावना अनि चाहना बाधेर राखे ।

ओइलेर जाला फुलपनी साचेर राखे । ढल्की जाला वैंस कुरेर बसे । अनि पराइ आई टिपी जाला । भविष्यमा पछुताएर रुनुपर्ला । दिनहु आसु झर्ला । सम्झी एउटा भूल मैले गरे, एउटा मनमा फुलेको कमल फूल झारे मनकै वगैंचामा । फेरि न उम्रिने र न फुल्ने गरि । बाझो मन, सधै बाझो हुने गरि । त्यसैले जीवनको पहिलो पत्र, प्रेम पत्र समर्पण गरे । नम्र अनुरोध विन्ती गर्छु सोची सम्झी विवेकको निर्णयमा पुग । आशा अनि विश्वाश तिम्रो खाली मुटुमा मेरो नाम लेख्ने अवसर सुम्प।

उही तिम्रो प्रेमी
प्रयास खड्का, खाडीमुलुक



Leave a Comment: