मधेसको एउटा गाउँमा छोरी जन्मेको भन्दै अबोध बालिकाको हत्या अनि छोरी जन्माउने आमालाई यातना। बोक्सीको आरोपमा एक वृद्धालाई गु खुवाइयो। दाइजो नल्याएको निहुँमा बुहारीलाई मट्टितेल खन्याएर जलाइयो। चोरी, डकैती, बम काण्ड, हत्या, हिंसा, बलात्कार, अपहरण दिनहुँको ब्रेकिङ्ग निउज। अचम्म नमाने हुन्छ ! यदि यहि गतिमा अपराध बड्ने हो भने त्यो दिन टाडा छैन जब यो खबर सामान्य बन्ने छ। यस्ता घटना हरेक पल भैरहेका छन्। अपराधको कहानी जुन टिभि सिरियल सि.आइ.डि र क्राइम पेट्रोलमा देखिन्थे आज गाउँ समाजमा भोगिरहिएको सुनिन्छ। सुनेर पनिं नसुने जस्तो, देखेर पनि नदेखे जस्तो गरिन्छ।कहाँ छ मानवता ? फ़िलिङ्गलेस भैसक्यौँ ढुङ्गाजस्तो। अरु दु:ख पीडामात्र कहानी बनेको छ हाम्रा लागि। चिया गफमा हट टपिक हुन्छ सुन्ने अनि सुनाउने। भागदौडको जिन्दगीमा यसरी हराउँदै छौँ कि मान्छेको जीवनको मूल्य नै बिर्सिँदै गएका छौँ। पहिला त भित्ताको पनि कान हुन्छ भन्थे, कहाँ बिलिन भए होलान् ती कान ? भिडको हल्लामा आवाज दबाइन्छ। अपराधीलाई संरक्षण गरिन्छअनि अपराध दबाइन्छ। अपराधलाई यति पनि बेवास्ता नगर कि आँखा अगाडि हुँदा पनि नदेखे जस्तो नगर। हामी देख्छौँ सबै तर कहानी याद हुँदैन। सुन्छौँ सबै तर कहीँ कसैलाई भन्दैनौँ। आधा घण्टादेखि सडक जाम छ, सायद भी.आइ.पी.को सवारी हुँदैछ। बैंक लुटियो रे, भित्रकै स्टाफ मिलेको हुनुपर्छ। खबरदारी गर्न छाडेर हामी आफ्नै अड्कलबाजी गर्छौँ। यस्तो भयो होला, यसले गर्यो होला। हामी 'होला'को पछाडीि दौडिरहेका छौँ । सत्य र तथ्यको पछि कहिले लाग्ने ? अपराध गर्ने त अपराधी भैहाले, हामी गाउँछिमेकमा भैरहेको अन्याय, अत्याचार र अन्य अपराध देखेर पनि नदेखे झैँ गर्ने पनि आधा अपराधी हौँ भन्नेलाग्छ। हामी चुप लागेर बस्नाले नै मुख्य अपराधीहरूलाई थप अपराधिक क्रियाकलापमा संलग्न हुन बल पुग्छ।
You will also like
वनजंगलको संरक्षण
- 2
- 2038
बाल श्रम
- 1
- 1514
She and I
- 2
- 1406
सदाबहार गुञ्जायमान गुल्जार
- 1
- 1405
ओशिन संग एक दिन
- 0
- 1391



Leave a Comment: