पिएको हुनुपर्छ

उस्लाई नि मेरो झै चोट दिएको हुनुपर्छ
त्येइ भएर म झै उस्ले पिएको हुनुपर्छ

उस्को खुशीमा नि दया लागेको छ मलाई
पक्कै धुजाधुजा मुटु सिएको हुनुपर्छ

केटाको जात न हो ज्ञानी होला म झै
नक्कली चयन् देखाइ जिएको हुनुपर्छ

मुखैसम्मा चिया पुर्याइ चुस्की लिन नसके सि
देखावटी सन्तुश्टी मात्र लिएको हुनुपर्छ

न यता न उता दोधारमा पर्‍यो होला
सोच्दै उस्लाई लर्बराउदै उभिएको हुनुपर्छ



Leave a Comment: