हुनै नसक्ने केस लाग्यो !

प्रेम पथमा ठेस लाग्यो ।
हुनै नसक्ने केस लाग्यो !

आफ्नै लाग्ने उनको आँगन
आज फेरि परदेश लाग्यो !

सकियो माया अब मुटु भित्र,
कता कतै अवशेष लाग्यो ।

बर्षौँँ लगाई हुर्काएको प्रेम ,
सखाप हुन निमेश लाग्यो ।

धेरै कुरा छन् बिर्सनै नसक्ने,
मीठा यादहरू अशेष लाग्यो ।



Leave a Comment: