डिप्रेसनमा देश

एक मुठी आशा 
एक अञ्जुली कुन्ठा बाेकेर 
हरेक बिहान मेराे देश 
अाफूलाई ऐनामा हेर्छ । 
देख्छ 
शालिन, शाैम्य र सुकाेमल उस्तै रूप 
र उस्तै भक्कानिन्छ देब्रे छातिमा हात लगाएर

शृष्टीकाे उपहार निला ती अाँखाहरू 
सप्तरङ्गी फूल फूलाउन मिल्ने समथर निधार 
संसारकै शिर अाफ्नाे शिर 
शान्ति काे सन्देश जन्मेको अाेठ 
व्यर्थ लाग्छन् सबै सुन्दर अाकृतिहरू

ईतिहासका पानाकाे विरताकाे ताज
इमान र स्वाभिमानकाे विशिष्ट अंक 
सब बेकार ठान्छ , 
मलिन मुद्रामा छ मेराे देश ।

अाफु देश बनेर देशकाे मुहारमा तेजाब फलाउनेहरू 
राष्ट्रवादकाे भाषण गर्न भ्याइरहेछन् 
स्वाभिमान र स्वाधीनताका दस्तावेजहरू
माटाेकाे मृत्यु पर्खे जसरी बसेका छन् ।

सबै कुरा जन्माउन सक्ने भयेर पनि बाझोपन बेहोरेको मेरो देशको 
कहाँबाट जन्मियाेस् 
मुहारमा कान्ति 
जहाँ नजन्मिएकाे वालकले ५० डिग्रीमा उसिनिएर बाकसमा अाएकाे बाबुकाे सम्झनामा 
उस्तै जीवन रेखा काेर्नुपर्छ
जहाँ उम्रदै गरेकाे चेतना, चन्चलता र अात्मविस्वाशलाई बन्धकी राखेर 
खुसी बेच्न हराउनु पर्छ ।

माटाेे संग साटिएर जिउने चाह मारेर 
परिवारकाेलागि अक्सिजन खाेज्न भाैतारिनु पर्छ ।

जहाँ बाच्नका लागि बाच्न नपाउने
हास्नका लागि हास्न नपाउने पुर्बसर्तहरु छ्न

माटो खानेहरु खाइरहेछन
मान्छे खानेहरु खाइरहेछन 
सपना खानेहरु खाइरहेछ्न 
मेरो देश डिप्रेसनको औषधि खाइरहेछ।



Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design