शिक्षा समाज सुधारको कडी हो ?

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

शिक्षा समाज सुधारको कडी हो?  समाज सकारात्मक परिवर्तनको आधार हो, शिक्षा लाई भूमण्डलीकरण अनुरुप बनाउनु सबैको सरोकारको विषय हो | गुणस्तर शिक्षा र व्यावसायिक शिक्षक संगसंगै जानु नै आजको आवस्यकता हो गुणस्तर जीवन शैली जिउन पाउनु र सम्मान दिनुले पेशाप्रति अनुराग बढ्नेछ शिक्षक बिचको विभेद जस्तै राहत, अस्थायी, स्थायी र निजी विद्यालय बिच को दरार ले स्वस्थ शैशिक वातावरण ल्याउदैन पेशाप्रति हिनता र निराशा पैदा गर्दछ | एउटा समूह सेवा अवधि र सेवा पश्चात सुरक्षित महसुस गर्दछ र अर्को तिर उतिनै समय र कर्म गर्ने शिक्षक खाली हात बृद्ध भत्तामा चित्त बुजाउन बाध्य हुनेछ

शिक्षा NGO र INGO को फुटबल ग्राउन्ड होइन जसमा शिक्षा क्षेत्रका हरेक मुद्दाहरुलाई किस्ताबन्दीमा उठाउन मागी खाने भाँडो नबनोस अब शैक्षिक प्रदूषण हटाउन शिक्षाविदहरुले त्याग र समयको माग बुझ्न आवश्यक भैसकेको छ शिक्षालाई युगान्तकारी आन्दोलनको बिगुल फुक्न जुझारु युवा र आत्माको टड्कारो अभाव महसुस् भएको छ

सन्दर्भ शिक्षा पद्धति गुरुकुलबाट फड्को मारी बालमैत्री, विद्यार्थीमैत्री , समाजमैत्री , विज्ञान र प्रविधि मैत्री र समावेशी शिक्षा को जग उठाउन नै शैक्षिक आन्दोलनको मुद्दा हो यसमा कोहि कसैले अवरोध पुर्याउदै अगाडी बढ्न खोज्छन भने ति समाजका कलंक हुन् समाज लाई प्रगति भन्दा अधोगति तिर चाल्ने शकुनीहरु हुन्

शिक्षाको व्यापकता र सबैको सरोकारको विषय ज्ञान को क्षेत्र बढ्दै छ तर शिक्षा शास्त्र (त्रि. वि.) को क्षेत्र सांगुरिदै जानु भयङ्कर षड्यन्त्रको सिनो DHANGDHANGTI उकुसमुकुस हुने गरि गन्हाईरहेको छ / पुरातन सोच र शैलीको विग्विग्ती फैलिदै गैरहेको छ यो दुर्भाग्य हो

समस्या र चुनौतीहरू:

  • संसार आज भूमण्डलीकरण भैरहदा विज्ञान र प्रविधिको प्रयोग नहुनु
  • थेसिस भाइभा भनेको कापीमा लेखेर प्रत्यक्ष सहभागी भएर मात्र प्रमाण पत्र दिलाउनु कति व्यावहारिक छ? प्रविधि अपनाउदा झन् विश्वासिलो प्रमाण सहितको अध्धयन सम्भव हुन्छ भन्ने बुझ्न नसक्नु
  • साइवर क्राइमले प्रविधि दुरुपयोग हुँदा समाजका मूल्य मान्यताहरु विथोलिएको, यसलाई शिक्षा विद्हरुले वेवास्ता गरिएको / सूचना प्रविधि समाज र व्यक्तिको अपरिहार्यता भन्ने बुझ्न नसक्नु र शिक्षा संकायमा अनिवार्य विषयको रुपमा अध्यापन गर्न तदारुकता नदेखाउनु
  • शिक्षामा ठोस मुद्दाहरु उठाउन नसक्नु त्रि. वि.ले
  • त्रि. वि. शिक्षा संकाय पनि सिमित वंशावलीको चपेटामा पर्नु / निरन्तर उनीहरुको विरासत कायम हुनु
  • विद्यालयका शिक्षक छनौटमा एकलौटी शिक्षा शास्त्रले ठेक्का लिएर शिक्षा प्रणालीलाई धराशायी बनाउनु
  • शिक्षा शास्त्रले समाजका मागलाई धान्न नसक्नु र उत्पादित मानव स्रोत पनि दक्ष हुन् नसक्नु
  • शिक्षा शास्त्र भनेको शिक्षण विधिमा मात्र संकुचित राख्नु / विषयवस्तुहरुलाई ओझेलमा पार्नु जसका कारण उत्पादित मानव स्रोत र समाजको माग र शिक्षाका उद्देश्यहरु बीच तालमेल खाएन
  • त्रि. वि. मा लेक्चर छनौटमा झोला र झण्डा बोकेर प्रवेश गर्ने र क्षमतावान मानव स्रोतहरुले सेवा गर्ने अवसरबाट बन्चित हुनुपर्ने / त्रि. वि. सेवा राजनीतिक गोटी बन्नु
  • त्रि. वि. मा होनहार लेक्चर र प्रोफेसरहरुको मूल्यांकन हुन् नसक्नु
  • त्रि. वि.का मानवस्रोत लाई पाँच-पाँच वर्षमा अध्यावधिक गराउनुपर्ने
  • निश्चित समयावधि पश्चात मापदण्डको आधारमा स्वेच्छिक छड्के प्रवेशको लागि अवसर नदिनु
  • तल्लो तहका निजामती कर्मचारीको भन्दा पनि कमजोर जीवन शैली जिउन बाध्य हुनु
  • उनीहरुको पारिवारिक गुणस्तरीय शिक्षा , स्वास्थ्य र अध्धयनका लागि सेवा नहुँदा पेशा प्रति वितृष्णा पैदा हुनु
  • तुलनात्मक रुपमा विद्यार्थी भर्नामा कमी आउनु
  • सेमेस्टर प्रणाली लागु भए पनि परिक्षा प्रणाली परम्परागत शैली मै चल्नु
  • अनुसन्धानको क्षेत्रमा कमजोर र अव्यवहारिक देखिनु

विद्यालय शिक्षाको मूल्यांकन गर्ने हो भने असफल भैसकेको छ यसमा दोषी को त? भन्ने प्रश्नको उत्तर खोज्नु छ र खोज्दैछु शिक्षकको योग्यता र दक्षताको साइनो र सम्बन्ध विद्यालय र शिक्षा शास्त्र संकाय नै हो शिक्षा शास्त्रको बेथिति र असफल प्रणालीले विद्यालयलाई नराम्रो सँग लंगडो बनाएको छ त्यसैको हावाले विद्यालयको गुणस्तर मक्किएर जरो नै उखेलिएको छ/ मृत लाशमा NGO र INGO ले खेल्न पाएका छन् र शिक्षाविद्हरुको भुँडी भरिएको साथै समय विताउने विषय बनेको छ शिक्षा शास्त्र र शिक्षा विद्हरुको पुरातनवादी सोच र कार्य व्यवहारले शिक्षा क्षेत्र तहसनहस भएको छ कहिले सम्म निदाउने युवा? नयाँ पिंडीको आवाजको खाँचो छ परिवर्तन सम्भव छ बेथिति र कमजोरीहरु:

  • विद्यालय शिक्षामा सबैको सरोकार हुनुपर्यो सबै विधाका उच्च शिक्षा हासिल गरेका व्यक्तिहरुले शिक्षा शास्त्रको एकल सिण्डिकेटलाई तोड्नुपर्छ
  • विद्यालय शिक्षण विधिलाई प्रविधि मैत्री बनाउदै विषय वस्तु प्रवाह गर्नुपर्छ
  • शैक्षिक उद्देश्य अन्तर्गतको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बहुभाषिक शिक्षाको माध्यम अपनाउनु पर्ने आवस्यकता छ
  • शिक्षकहरुको छनौट उनीहरुको विषय वस्तु र प्रस्तुतिमा आधारित हुनु पर्यो
  • पाँच वर्ष अध्यापन गरेको व्यक्तिले मात्र अन्य क्षेत्रमा प्रवेशाज्ञा पाउनुपर्छ किन भने विद्यालय भनेको समाजको सानो रुप हो जसले समाजलाई बुझ्दैन त्यसले प्रभावकारी कार्य प्रस्तुत गर्न सक्दैन र राष्ट्र नै असफल सावित हुन्छ र छ / परिपक्व पनि हुन्छ
  • विद्यालयमा नयाँ जोस र जाँगर युक्त क्रान्तिकारी मानव स्रोतको उपस्थिति हुनुपर्छ / बृद्ध भत्ता खाने सम्म विध्यालयमा अध्यापन गर्न दिनु हुदैन त्यो मानव स्रोतलाई स्वेच्छिक छड्के प्रवेश गर्न दिनु पर्छ उनीहरुको मापदण्ड बनाएर
  • राहत शिक्षकहरुलाई अविलम्ब थाई बनाइनुपर्छ र पाँच वर्ष पछि छड्के प्रवेशमा लानुपर्छ
  • पहिचान युक्त शिक्षा (वहुभाषिक) र रोजीरोटीको शिक्षा शिपमा आधारित हुनुपर्यो
  • शिक्षकलाई २-२ वर्षमा कार्य दक्षता र उनीहरुको प्रतिस्पर्धा गराई उनीहरुको ज्ञानलाई अध्यावधिक गराई राख्ने
  • उच्च शिक्षा हासिल गरेका जुनसुकै विधाका व्यक्तिहरुलाई शिक्षा विद्को रुपमा लिनु पर्छ
  • विद्यार्थी को DROUPOUT मा सरकार, शिक्षाविद्, विद्यालय र शिक्षकहरुको दोष हुने हुँदा क्षतिपूर्ति दिनुपर्छ
  • विद्यालयमा विद्यार्थी भर्ना हुँदा विद्यार्थीको व्यवहार निर्माण गर्ने वाचाका साथ भर्ना लिने र केहि समय पश्चात शुल्क लिई खासगरी निजी विद्यालयमा विद्यार्थीलाई दोष देखाई निष्काशन गर्ने कार्यलाई दण्डित र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ
  • विध्यालयमा हुने यौन दुराचार , विभेद, सामाजिक, अनवाश्यक दण्ड, भ्रस्टचार , अनियमित्ता, आदिको तुरुन्त कारवाही गर्ने संयन्त्र बनाउनु पर्यो
  • विद्यालय तहको विद्यार्थीको पहिलो अभिभावक सरकार र शिक्षक भएको घोषणा गर्दै आफ्नो निगरानीमा शिक्षा दिने व्यवस्था गरियोस्
  • गृहकार्य प्रथाको उन्मूलन गरियोस् किन भने सबै विद्यार्थीको घरमा सिकाउने शिक्षक हुदैन / विद्यालय नै उसको सिक्ने आधार हो
  • निजी बिद्यालयमा हुने शिक्षकहरुलाई शिक्षक सेवा आयोगले नै छनौट गरिएकालाई मात्र अवसर दिनुपर्छ सेवा शुल्क पनि अस्थायी शिक्षक बराबरको हुनुपर्छ र निश्चित अवधि पुगे पछि स्थायी प्रक्रियामा लानुपर्छ र पाँच वर्ष पुगेपछि छड्के प्रवेशमा योग्य मान्नुपर्छ र अवसर दिनुपर्छ
  • सवाल गुणस्तर शिक्षा मात्र होइन सवाल शिक्षकहरुको गुणस्तरीय जीवन शैली पनि महत्वपूर्ण कुरा हो निजी विद्यालयका शिक्षकहरुलाई पनि जिउने हक छ
  • मास्टर डिग्रीको  पाठ्यक्रम आफ्नो रुचि अनुसारको विद्यार्थी स्वयम्ले बनाउनु पाउनुपर्छ/ जस्तै शिक्षा संकायमा पढ्दै गर्दा कम्प्युटर साइन्स पढ्दा विद्यार्थी आफै पाठ्यक्रम र पाठ्य सूची लिएर आउछ
  • शिक्षा व्यापार होइन शिक्षा पाउने विद्यार्थीको आवश्यकता र रुचि अनुसार हुनुपर्छ जसले गर्दा शिक्षा प्रगतिशिल हुन्छ
  • उच्च शिक्षा भनेको विद्यार्थीको समय सन्दर्भलाई ख्याल गर्नुपर्यो किन भने एउटा व्यक्तिलाई निरन्तर २ वर्ष समय नमिल्न सक्छ जस्तै जुम्ला, वा बैदेशिक रोजगार वा भ्रमण अवसरमा जाने बिद्यार्थी लाई किस्ताबन्दी स्वरूप सेमेस्टर प्रणालीमा प्रमाणपत्र दिलाउने अवसर मिलोस
  • योग्यता अनुसारको तलब निर्धारण गर्नुपर्यो
  • सरकारी अस्थायी र राहत शिक्षक बराबर सेवा र सुविधा तथा पेशागत सुरक्षा निजी विद्यालयका शिक्षकहरुको सुनिश्चित गर्नुपर्छ
  • निजी विद्यालयका शिक्षकहरुको मूल्यांकनको लागि छुट्टै आयोग र संयन्त्रको व्यवस्था गर्नुपर्छ
  • निजी विद्यालयको शिक्षकहरुलाई कोटा निर्धारण गरि प्रतिस्पर्धाका आधारमा सरकारी विद्यालयमा स्थायी गर्नुपर्छ
  • निजी विद्यालयको सामाजिक, शैक्षिक, स्वास्थ्य र पेशागत सेवा सुविधा राज्यले निर्धारण गरोस्


Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design
A

Aariv Media

Sponsored Ad

Connecting the dots of Marketing.

Aariv Media
P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier