
शुद्ध पानी देख्दा पानी पिउंछु, आँखा तानी तानी।
बाबा मलाई भन्दिनु, खोइ घरमा पानी।।
के को दुलो यहाबाट, खै के झर्छ कैले।
जति जान्न खोज्दा, थाहा पाइन मैले।।
तिर्खा लाग्यो घाँटी सुक्यो, देउ शुद्ध पानी।
पिउन देउन मेरि आमा, सुक्यो जिन्दगानी ।।
धेरै ठूलो माग छैन, मेरो माग पुड्को।
धाराबाट पानी आए, पिउंथे एक घुड्को।।
ठूलो बन्ने ज्ञानी बन्ने, कुरा गए कता।
डुल्दाडुल्दै कलिलैमा, थाकी सके म ता।।
कसोगरि सपार्नु, हो बिगृएको बानी।
जलस्रोतको धनी देसमा, अभाब छ शुद्ध पानी।।
Leave a Comment: