
बन जङ्गल भन्नाले विभिन्न बोटबिरुवा हरु भन्ने बुझिन्छ । बन जङ्गलमा स-साना बुट्यान देखि लिएर अग्ला अग्ला रुख हरु पाइन्छ। नेपालमा भुबनोटको आधारमा विविध प्राकृतिक बन जङ्गल पाइन्छ। बन जङ्गल बाट समग्र पृथ्वीबासिहरु एबं सम्पुर्ण प्राणीहरु लाभ लिरहेका छन।
बन जङ्गलले ग्रामिण क्षेत्रमा बस्ने समुदायलाई आवश्यक काठ दाउरा एबं पसु पालनका लागि आवस्यक सेवा दिएको छ। विभिन्न देस बिदेशका पर्यटनका लागि पर्यटन क्षेत्रको बिकास गरेको छ। यसले बाताबरण र जैविक बिबिधतालाई संरक्षण गर्नुका साथै प्राणबायु अक्सिजन समेत बन जङ्गलले दिएको छ। भु-क्षय , बाडी पहिरो जस्ता बिपतहरुको सामना गर्न र यसलाइ नियन्त्रण गरेको छ। बिस्वमा रहेको जलबायु परिवर्तनको समस्याहरुलाइ समेत बन जङ्गलले गरेको छ। मानव एबं पारिस्थितिक प्रणाली अनुकुल बनाउन यसको महत्त्व अपरिहार्य छ।
बन जङ्गल हामीलाई अत्यन्त उपयोगी छ। र आज यसको दिनानुदिन फडानी भैरहेको छ। यश अन्तर्गत बन तस्करहरुको बढ्दो प्रभाब पर्नु पनि हो। जन सङ्ख्या तिब्र रूपमा वृद्धि भै मानबिय आवश्यकता परिपुर्तिका लागि बन जङ्गल फडानी भै रहेको छ। बढ्दो सहरीकरण तथा अब्यबस्थित बसाइ सराइ र बिकास निर्माणका कार्यहरु तिब्र रुपमा वृद्धि भै बन जङ्गल नासिदै गएको छ। परम्परागत इन्धनको रूपमा प्रयोग र बैकल्पिक स्रोतको अभावले समेत बन जङ्गल नासिएको हो।
बन जङ्गलको अहिलेको अवस्था तुलनात्मक रूपमा न्यून रहेको छ। बन जङ्गललाइ संरक्षण गर्न अति आवश्यक छ। यसका लागि बैकल्पिक उर्जा प्रणालीलाई प्रोत्साहन गर्ने र बन सम्पदाको संरक्षण बारे जनचेतना जगाउने जस्ता क्रियाकलाप सन्चालन गर्नुपर्छ। बन जङ्गलको फडानी गरि खेती गर्ने प्रणालीलाई निरुत्साहित गर्नुपर्छ। अव्यवस्थित बसाइ सराइ तथा सहरीकरण जस्ता क्रियाकलापलाई रोक गर्दै बन संरक्षण सम्बन्धि दीर्घकालीन रणनीति ल्याउनुपर्छ। बन जङ्गल चोरी, निकासी तथा तस्करी कार्यहरु रोक गर्नका लागि उचित नियम बनाइ कार्यन्वयन गर्नुपर्छ। बन जङ्गल संरक्षण गर्नका लागि हामीले बनको दिगो प्रयोग गर्नुपर्छ। यो भनेको भबिस्यको लागि जङ्गलको सुरक्षा गर्दा दैनिक जरुरत पूरा हुने तरिकाले जङ्गलको प्रयोग र हेरबिचार गर्नु हो। यस्तो योजना बनाउनाले समुदायलाई उनिहरुको बन जङ्गल राम्रोसँग प्रयोग गर्न सकिने कुराको निर्णय गर्न मद्दत गर्छ।
बास्तबमा बन नै धन र जीवन हो भन्ने पौराणिक मान्यता छ। यो नै सत्य हो। सामान्य नजरले हेर्दा सामुदायिक बनको आम्दानीबाट बिद्यालय, स्वास्थ्य चौकी, बाटो जस्ता ग्रामीण आवश्यकता परिपुर्ति भैरहेको छ। देसलाइ हरियाली बनाएको छ। हरियो बन नेपालको धन भन्ने भनाइ चरितार्थ भएको छ। किनभने बन जङगलबाट सम्पुर्ण नेपालीहरुले लाभ लिरहेका छ्न। बन संरक्षण गरि पृथ्वीको सुरक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो। बन जङ्गलको संरक्षण बिना मानव तथा जिबजन्तु साथै बनस्पतिहरुको जीवन चक्र पूरा हुन सक्दैन। त्यसकारण समग्र देसवासिहरु सहिष्णुताको भाब साथ बन जङ्गल संरक्षण गर्नुपर्ने अपरिहार्य छ।
Leave a Comment: