
बसन्तको पालुवा-पातमा तिमी
सुनौलो किरण, प्रभातमा तिमी !
दिवा-शन्तहरुको मेला धेरै देखेँ
साँझ साधु-सन्तकै मातमा तिमी !
सबैको मनमा एकनास प्रिय
सुमधुर जुनेली रातमा तिमी !
हाँसो या आँसू, सुख देखी दु:ख
जिन्दगीको हरेक बातमा तिमी !
अनेक छन यहाँ, जीवन र जात
सबैभन्दा मनप्रिय जातमा तिमी !
Leave a Comment: