अनायासै बर्शने बादल हरु लाइ
देख्दा लाग्छ आशाहरु पनि
त्यसरी नै एकदिन पुरा हुनेछन
उराठ अनि पट्ट्यार लाग्दो
शिशिर झैँ दिन हरु
पनि कुनै दिन अपत्यारिला कुरा हुनेछन
बिहान को मिर्मिरेमा झैँ
कुनै दिन सुर्योदय हुन्छ भन्ने आशा
झिनो भए पनि प्यारो हुदो रैछ
जिन्दगि सायद यस्तै हो कहिले सजिलो
त कहिले थोरै अफ्ठ्यारो हुदो रैछ
अनायासै बर्शने बादल हरु लाइ
देख्दा लाग्छ सपना हरु पनि
त्यसरी नै बिपनामा परिणत हुनेछन
आशु हरु खुसीमा मात्र बग्नेछन
दुखहरु आउदा आउदै थाक्नेछन
साएद दिनहरु ले पनि सुख को
मात्र हिसाब राख्नेछन
आनायासै बर्शाने बादलहरु
देख्दा लाग्छ रुखो जिन्दगि पनि
कुनै दिन हराभरा हुनेछ
कहिलै नभोगेको सुखको त्यो
आकाश एक दिन अवस्य छुनेछ
You will also like
दर्द
- 1
- 1620
My Happiest Hour
- 6
- 1599
"लग्ता हे "
- 1
- 1548
काश ~ बता पाता
- 1
- 1530
"मलाई पोल्छ"
- 1
- 1414
A Final Plead!
- 0
- 1376


Leave a Comment: