चिया गफ

जब तपाइँलाइ कसैले सोध्छ, चिया पिउँछौ ?
असुइकार गर्ने बहाना खोज्नु अगाडि, फेरि एक पटक सोच्नु। त्यतिखेर उसले तपाइँलाइ दुध, चिनी, चियापत्ती उमालेर बनाको एक कप चियाको लागी मात्र सोधी रहेको हुदैन। उसले सोधी रहेको हुन्छ, के तपाइँ चिनी जस्तै जस्तै गुलियो मिठो यादहरु बाँड्न चाहानुहुन्छ? चियापत्ती जस्तो तितो बिगत सुनाएर मन हल्का गर्न चाहानुहुन्छ? उसले सोधी रहेको हुन्छ, के तपाइँ मलाइ आफ्नो अनुभव सुनाएर मेरो प्रेरणाको श्रोत बन्न चाहानुहुन्छ ? मनको कुरा सुनाउन मौका नपाइरहेको बेला, त्यही एक कपको सहारा लिएर उसले आफ्नो जिबनको सुन्दर पल बनाउन चाहिरहेको पनि हुनसक्छ। त्यहि एक कप चियासँग उ फेरी आफ्नो टुटेको सपना जिउन चाहिरहेको हुनसक्छ। उ त्यस तातो चियाको कपबाट उडिरहेको बाफसँगै आफ्नो सारा डर र चिन्ता उडाउन चाहिरहेको हुनसक्छ। अथवा उ त्यहि एक कप चियालाइ साक्षी राखेर, पहलो नजरमा बसेको मायाको छिनोफानो गर्न चाहिरहेको पनि त हुनसक्छ। कहिले देशको राजनीतिक अबस्ता बारे त कहिले समाजमा बड्दो अपराधबारे छलफल गर्न चाहिरहेको हुन्छ। अनेकौ चिया गफ गरेर एक अपरिचितलाइ असल मित्र बनाउने कोशिस पनि त हुन सक्छ। येस्ता धेरै कथा र काहानीहरु लुकेका हुन्छन एक कप चियामा, मात्र साथ खोजिरहेको हुन्छ, एउटा साथीको।

अन्तमा मेरो पनि एउटा प्रश्न- के तिमि मसँग एक कप चिया पिउन चाहान्छौ ?



Leave a Comment: