समयको मागसँग

समयको मागसँग साटीएको छुँ 
यो मनको आशासँग ढाँटिएको छुँ

गोरेटोमा हिड्दाहिड्दै हराएको हैन 
हजारबाट म त छाँटिएको छुँ

न म छोड्छु न यो छोड्छ क्या अचम्मको 
रहरसँगै बाध्यतामा बाटिएको छुँ

प्यासिलाई पानी रे खडेरिमा पानी 
मरुभुमिको बालुवामा पाटिएको छुँ

तारिफ पानी यती वाह्वाह् मेरो 
तर पिठ्युबाट पुरै कातिएको छुँ

पहिचान बेग्लै होस मेरो जिन्दगीको 
सपना यी खोसिएर चाटीएको छुँ



Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design