फकाउदा मान्नु पर्छ

गलतिबाट अछुतो तिमि पनि छैनौ, म पनि छैन
मान्छे हौ, भगवान तिमि पनि हैन, म पनि हैन
तिमि मलाई म तिमीलाई आरोप लगाउदै गए तर
आफ्नो गलती न तिमीले देखेउ, न मैले देखे

गलत कुरामा अल्झिएर दुइ बीच दुरी बड्यो
यसमा नियत खराब न तिम्रो थियो न मेरो
रिसाउदा आफ्नो सग, फकाउदा मान्नु पर्छ
आफ्नो भन्नु आफ्नै हुन्छ दुबैले बुझ्नु पर्छ    

हुन्छ गलती गलतिले
गलती नगर्ने मान्छे हुदैन
समय र साथ छुटे पछि बढ्छ रे महत्व
अघि, अमुल्य मुटुमा नाताको पहिचान हुदैन

मन एस्तो बानोस्, हरेकको सम्मान रहोस् 
मुटु एस्तो बानोस्, कसैलाई न बिजाओस
बोलि एस्तो बानोस्, कसैलाइ पिडा नहोस्
नाता एस्तो बानोस्, साथ् कहिलै नछुटोस

तालि दुवै हातले बज्छ नियम हो यो संसारको,
सम्मान दिए सम्मान पाउछौ।
कोहि पनि हाम्रो साथि या दुश्मन बनेर यो संसारमा आको हुदैन,
तिम्रो ब्यबहार अनि बोलि बचनले बनाउछौ। 



Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design