देश खाने धमीरा

आँखामा नीला ताल देखिरहेछु
हरदिन देशको बेहाल देखिरहेछु

बेचिएका नेता, मिचिएका सिमाना
घेराबन्दीमा मेरो नेपाल देखिरहेछु

कसरी निस्कूँ बाहिर चक्र ब्यूहबाट
चौतर्फी दुस्मनको जाल देखिरहेछु

जो लिन्छन् जिम्मा, उनै निकम्मा !
देश खाने धमीराको काल देखिरहेछु

ताजा छ ईतिहास, मरेको छैन आश 
देशभक्तीको उर्लँदो छाल देख्दैछु



Leave a Comment:


Ganga Sagar Pant
Jan 22, 2018
Excellent!
Amigo bhattarai
Jan 26, 2018
Gajjab..Sarae Marmik Poem
U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design