बढाई छाती, लम्काई हात गरि मिठा बात
गर श्री गणेश जीवनको बदाई आफ्नो लात
हौ तिमी केहि गर्नलाई परिवर्तन यहाँ
काधमा काध मिलाई गर केहि यहाँ
ठाडो पुच्छर नलाउ तिमी जीवनका मूडमा
लाग मुख तिमी राष्ट्रिय नोकरसंग सत्यतामा
राख नाक नेपालको देखाई बिस्व जगतलाई
सन्यास लेउ बोल्न झुटो बुझाई सबलाई
नभई जिल्लाराम, पार तिमी सोतर राष्ट्रिय कलंकलाई
सक्छौ तिमी गर्न जे पनि, देऊ नयापन अब नेपाललाई
हिम्मत गर, आखामा छारो हाल्नेलाई ईतीश्री पार
आमालाई पनि डस्नेलाई धर्तिबाट नै सार
एक्लै गर्न नसके, सुतेका नेपालीलाई जगाउ
काम छैन देश द्रोहीको यस्तालाई नेपालबाट भगाउ
सार नेपालीले तिमी माथि नै एक आश राखेको छ
तिमीमा गोर्खेली झै बिस्व जीत्न सक्ने एक साहस छ
You will also like
दर्द
- 1
- 1621
My Happiest Hour
- 6
- 1599
"लग्ता हे "
- 1
- 1549
काश ~ बता पाता
- 1
- 1531
"मलाई पोल्छ"
- 1
- 1415
A Final Plead!
- 0
- 1376


Leave a Comment: