हे प्रभु तिम्रो परिक्षामा म सधंै फेल किन
मेरो भागमा मात्र जालझेल किन
थाकिसके आँशुले परेली भिजाउन
मेरो खुशी मात्र तिम्रो खेल किन
एक छिटा मुस्कान ओेठले पाउँदा पनि
आँशुका रातहरुले तिर्नु पर्ने
थाहा छ तिमीलाई निर्दोश म छु तर
सधै मेरा नयनबाट आँशुभेल किन
हे प्रभु, मेरो खुशी मात्र तिम्रो खेल किन
तिम्रो परिक्षामा म सधैं फेल किन
नदेखाउ मलाई आशाका प्रहरहरु
अन्धकार नै प्यारो मेरो चेतनामा
पक्षमा मेरो उभिए जस्तो गर्छौ फेरि
पिडाहरु सँग तिम्रो तालमेल किन
हे प्रभु सधैं मेरो नयनबाट आँशुभेल किन
तिम्रो परिक्षामा म सधैं फेल किन
You will also like
दर्द
- 1
- 1620
My Happiest Hour
- 6
- 1599
"लग्ता हे "
- 1
- 1548
काश ~ बता पाता
- 1
- 1530
"मलाई पोल्छ"
- 1
- 1414
A Final Plead!
- 0
- 1376


Leave a Comment: